Buddhist Festival

Sherpas observe and celebrate number of colorful festivals throughout the year. Most important of them are Losar and Dumjee.

Losar

Losar  Losar is observed to celebrate the New Year. According to their calendar (Sherpa, or Tibetan). The New Year falls in late February and early March. During the festival Sherpas perform the act of cleaning the house for auspicious dining the ritual food and virtuous deeds. They try not to collect the debts during the occasions. While holding Kansur rites, especially village and clan god and spirits are given offerings for the renewing of the protection of the village. During each month, on the eighth, tenth, fifteenth and thirtieth day�s people offer tso (rice cones) and torma and go on little pilgrimages. The eighth day of each month commemorates Senge Mella,the medicine Buddha. On the tenth day of each month is is Tse Chu, when Guru Rimpoche returns to earth. The fifteenth day is when Opame, the Buddha of infinite light, visits and the thirtieth day is the Buddhas auspicious day.

Sherpas celebrate Dumjee from the seventh to the thirteen days of the fifth month. The tenth day celebrates the anniversary of Guru Rinpoche’s birth on a lotus flower. Another day commemorates when Lama Sanga Dorje attained enlightenment.This festival serves as a religious and community duty to bring the villagers together. Each family has its turn to provide the festival for the village. In each village (Khumjung, Pangboche, Namche, Thame)
eight families a year have a turn at Sponsoring Dumjee. Eventually everybody has a turn. To prepare for the festival, on the seventh day of the month, the year’s sponsor hold a meeting and the next day they arrange all the cooking utensils and food. On the ninth day the Dumjee laws (Sponsors), eight families from the village, begin giving rice to all the other villagers.Special torma used at Dumje are made according to the mystic diagrams specified for the pujah called Thugdup yang Nying Duepa.

शेर्पा जातिको सास्कृतिक सस्कारहरु

शेर्पा जातिको जन्म संस्कार

शेर्पा समुदायमा नवजात शिसुको जन्मलाई खुसियालीको रुपमा लिइन्छ । बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नयाँ बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरिन्छ । बच्चाको नामाकरण साधरणतया शेर्पा भाषाका बारहरूको नामको आधारमा गरिन्छ जस्तो ङिमा, दावा, मिङमार, ल्हाक्पा, फुर्वा, पासाङ र पेम्बा । यसले गर्दा बहुसंख्यक शेर्पा पुरुष र नारीको नाम एक आपसमा मिल्छ । न्वारन गरिने बच्चाको अघिल्लो दाज्यु वा दिदीको अल्पायुमा मृत्यु भएको रहेछ भने सो बच्चाको नाम शेर्पा नाम सँग नमिल्ने गरी राख्ने चलन छ जस्तै कामे, सार्की, दोमे आदि ।
नानीको न्वारानमा आफ्ना नातागोता, साथी र छिमेकीहरू जम्मा गरी भोज खुवाउने चलन छ । नानीको न्वारानमा आएकाहरूले पनि नानीको लागी कोसेली वा खाममा केही रकम राखी बच्चाको हातमा दिई मुख हेर्ने र बच्चा तथा बच्चाको आमा बाबुलाई खाता लगाई दिने चलन छ । शेर्पा समाजमा जन्म दिन मनाउने चलन छैन । गाउँघर तिर न्वारान गर्दा लामो रुखको बिरुवा ल्याई सो रुखमा ध्वजा टाँगी छोरा भए घरको मुल ढोकाको दायाँ तिर र छोरी भए बायाँतिर गाडने चलन छ, यसलाई गोतर भनिन्छ ।

शेर्पा जातिको बिबाह संस्कार

शेर्पाहरूको महत्वपूर्ण संस्कारहरू मध्ये विवाह संस्कार पनि एक हो । यस जातिमा मागी विवाहको वढी प्रभाव रहने भए ता पनि प्रम विवाहको पनि छिटफुट चलन छ । आफ्नो मौलिक परम्पराअनुसार प्रायः विवाहित छोरीको सन्तान माइता मै हुर्कने पुरानो चलन भएकोले होला शेर्पा समुदायमा मामाको महत्व निकै उच्च पाइन्छ । मामाको छोरालाई पनि मामा र नातीलाई समेत मामा नै भन्ने र मामाको छोरीलाई क्ष्यामा (सानीआमा) अर्थात आमा समान मान्ने प्रचलन छ । यसरी आमा वा बुबा दुबै पट्टी सात पुस्ता सम्म सम्दी लगाउन हुन्न भन्ने मान्यता अद्यावाधी विद्यामान छ ।
त्यस्तै विविध “रु” अथवा “थर” हरूको आधारमा कुटुम्भ र स्वाँगेभाई छुट्टयाउने विशेषता यो समुदायको विवाहवारीमा अर्को संवेदनशील तथा अति महत्वपूर्ण पक्ष मानिन्छ । जस्तै “लामा र च्यावा” हुनेको अन्य जुनसुकै “रु” सँग विहेवारी चल्छ भने “पिनाशा, गर्जा, गोले, टाक्तोक, खापा” आदी प्रकारको “रु” हरू बीच एक–आपासमा स्वाँगेभाई अर्थात विवाह नचल्ने र “सलाका, गोपर्मा, खम्बचे” आदी बीच समेत चेली माइती अर्थात विहेवारी नचल्ने कठोर परम्परागत नीति (नियम) भएकाले पनि यो जातिको विवाह संस्कार अलि जटिल र रोचक मानिन्छ ।
गाँउबाट शहर र शहरबाट प्रदेश बसाँइ सरेर जाने क्रममा सामान्य परिवर्तन हुन थाले पनि मूलभुत रुपमा सात पुस्ते मान्यता “रु” र टिज्याङ लोङज्याङ देम्ज्याङ र पेज्याङ लगायतका विधि आदीलाई विधिवत रुपमा पूरा गर्नै पर्ने मान्यता रहेको पाइन्छ ।

शेर्पा जातिको विवाहमा पुराउनुपर्ने विधिहरूः–
सबभन्दा पहिले केटा र केटीको उमेर हेर्ने, उनिहरूको जन्म बर्ष (लोर्ता) को आधारमा जोखना हेराई उनिहरूको दाम्पत्य जिवन राम्रो हुन्छ वा हुत्र भत्रे हेरीन्छ । सबैकुरा ठीक भएमा सगुन लिएर केटी माग्न आउँछौ भनी केटीको माईतमा खबर पठाईन्छ । यस प्रकृया लाई “ठिज्यङ” भनिन्छ । केटीको माईतबाट सकरात्मक जवाफ आएमा राम्रो साईत हेरी फेमार (सातु र नौनी घ्यू मिसाएर बनाएको), छ्याङ र खाता लिएर केटीको माईतमा गएर केटी माग्ने चलन छ । यसलाई “लोङज्यङ” भनिन्छ । केटा र केटीको बिबाह कहिले गर्ने, जन्ति कति आउने भनी केटाको तर्फबाट सोध्न जानेलाई “पेज्यङ” भनिन्छ । यसमा पनि छ्याङ र खाता कोसेली लिएर जानु पर्छ । दुवैपक्षको सहमतीबाट बिबाहको मिति तोकिएपछि बिबाहको तयारी सुरु गरिन्छ । बिबाहको समयमा खुवाउने छ्याङ को लागी केही अत्र वा नगद रुपैया केटाको तर्फबाट केटीको माइतमा जिम्मा लगाउने चलन छ । यसलाई छ्यावी भनिन्छ ।
बिबाहको मिति तोकिएपछि सबभन्दा पहिले बिबाहको कार्यव्रmमको जानकारी सहित आफ्नो नातेदारहरू, हितैषीहरू र साथीहरू लाई बिबाहको कार्यक्रममा सरीक हुन निमन्त्रणा “देन्ज्यङ” पठाउने काम हुन्छ ।

जन्तीजाने दिन बिहानै लामा पुरोहीत द्वारा गृहशान्ती र परिवारको सुखद भविष्य को लागी कुलदेवता र जन्तीमा लाने धर्म चव्रm “सिपखोलु” को पुजा गरिन्छ । सिपाखोलु लाई केटीको माइतिको दिशातिर मुख फर्काई राखिन्छ र जन्ती जाने समयमा सब भन्दा अगाडी लगाईन्छ । जन्ती दुलहीको माइतमा पुगेपछि सिपाखोलु लाई दुलहाको घरतर्फ मुख फर्काई राखिन्छ । जन्ती जाने समयमा दुलहालाई परम्परागत मंगोलियन पोशाक पहेलो खोचेन को बखु रातो जालीदार टोपी लगाई काँधमा पाँच रङ्गे कपडाको “दत्तर” र हातमा “फुम्बा” (कलश) बोकि प्रस्थान गर्नु पर्दछ । घर बाट जन्ती प्रस्थान गर्ने समयमा आँगनमा दुध् वा दही, छ्याङ र खप्सेहरू सगुन स्वरुप राखिन्छ । यसलाई “सुजर्यङ” भनिन्छ । यस्ता सगुनहरू प्रायः गरी दुलहाको बिबाहीत दिदीबहिनीहरूले राखने चलन पनि छ । यसरी सगुन थापे बापतमा दिदी बहिनीहरूलाई दुलहाले उपहार दिने चलन छ । जन्ती प्रस्थान देखी दुलही भित्राउने समय सम्मको लागी दुलहाको साथी साथमा रहने चलन छ । उक्त साथीलाई “क्याल्मी” भनिन्छ । यस्तै दुलहीको पनि क्याल्मी राख्ने चलन छ । जन्ति प्रस्थान गरिने समयमा जन्तिमा जानेहरू सबैलाई चिनाउन निधारको बिचमा टिका लगाउने चलन छ ।

जन्ती आउने दिन बिहानै दुलहीको माईतमा पनि धर्मगुरु “लामा” बोलाइ सुख शान्तीको पुजा गरिन्छ र दुलहीका माइत तर्फका नातेदारहरू, छरछिमेकीहरू भेला भै जन्तीको स्वागतको तयारी गरिन्छ । जन्ती आईपुग्ने समयमा दुध वा दही, छ्याङ र खप्से सगुन राखी जन्तीको स्वागत सत्कार गरिन्छ । जन्तीहरूलाई तयार गरिएको स्थानमा राखिन्छ । दुलहाको लागी छुट्टै बस्ने स्थान राखेको हुन्छ । जन्तीहरू बसिसकेपछि दुलहीको आमा र बाबु आई सबै जन्तीलाई छ्याङ र अन्य पेयपदार्थ खुवाउदै परिचय आदान प्रदान गर्ने कार्य हुन्छ । यो कार्यव्रmम सकिएपछि दुलहाको पोशाक फेर्ने कार्य हुन्छ यसलाई “सील्ज्याङ” भनिन्छ । यस पछि दुलहीको माईतीहरूलाई दुलहाको तर्फबाट कोसेली राख्ने कार्य हुन्छ । कोसेलिमा फेमार, छ्याङ र खाता राखिन्छ । यस पछि दुलहीलाई सिँगारेर ल्याई दुलाहको छेउमा बायाँ पट्टी बसालिन्छ । बेहुला र बेहुलीलाई पुजामण्डपको अगाडी स्वास्तिक चिन्ह बनाएको आसनमा राखिन्छ । दुलही बसेपछि दुलहाले ल्याएको कलश फुम्बा दुलहीलाई दिइन्छ । यस पछि दुलहा र दुलहीको घर र माइतीको तर्फबाट आप्mनो छोरा र छोरी एक अर्कालाई सुम्पिएको घोषणा गर्दछन यस कृयालाई “मोला” भनिन्छ । मोलामा दुलाह र दुलही दुवैको बंसावली, तीनपुस्ते नाम र थर समेत खुलाई आजको दिन देखी बिबाहसुत्रमा बाँधिएको घोषणा गरिन्छ । यसपछि लामाबाट दुलहा र दुलही दुवै जनालाई शीरमा नौनि घ्यूको टिका लगाउदै आर्शीबाद दिइन्छ । यसपछि दुलहाले पहिले आफुले ३ पटक निधारमा सिन्दुर लगाई ३ पल्ट दुलहीको निधारमा लगाइन्छ । यस पछि दुलहाले दुलहीको माईतीका मान्यजनहरूलाई र दुलहीले आफ्नो ससुराली मान्यजनहरूलाई “याङजी” गर्दै ढोगेर आशीर्बाद लिइन्छ । दुलाहा र दुलहीको टिकाटालो हुनासाथ जन्तीहरू चौँरीको पुच्छर र तरवार हातमा लिई झ्याम्टाको तालमा गीत गाउदै “एहोक एहोक.” भन्दै नाच्न थाल्छन, यस नाँचलाई “सिली नाँच” भनिन्छ । भने कोहि गीत गाएर शेर्पा श्यब्रु पनि नाँचिन्छ । दुलहीको बिदाईको समयमा दुलहीको माईतीको तर्फबाट सबैलाई खाता लगाई जन्तिलाई बिदाई गरिन्छ ।
यसरी बिबाह सम्पन्न भएपछि जन्तीहरू दुलहीलाई लिएर दुलहाको घरमा फर्किन्छ र दुलहीको स्वागतको लागी नाँच गान गरिन्छ यसलाई “टशिसोलुप” भनिन्छ । बिबाह भएको केही दिन पछि दुलहा दुलहीलाई लिएर ससुरालीमा फर्किन्छ यसलाई “कर्म लोउ” भनिन्छ ।

शेर्पा जातिको मृत्य संस्कार

शेर्पा समुदायमा मृत्यू संस्कार बौद्धधर्म ञीङमपा सम्प्रदायको कर्मकाण्ड अनुसार सम्पत्र गरिन्छ । जस अनुसार कसैको मृत्यू हुन साथ सर्वप्रथम मृतकको सिरानिको छेउमा धूप र छ्योमीन बाल्नु पर्दछ । लामा धर्मगुरुहरू बोलाई धार्मिक विधिअनुसार पाठपुजा गर्नु पर्दछ । ठुला ठूला लामाहरू बाट “फोवा” हाल्नु पर्दछ । लासलाई धार्मिक विधि अनुसार “ठु” ( पवित्र पानी) हालेको पानीले नुहाई सेतो कपडाले बेह्री सिङारिएको ठाउँमा राखीन्छ । लामा बाट लास संस्कार गर्ने साईत हेराएर ३ दिन देखी १ हप्ता सम्म घरमा नै वा आफ्नो घर नभएमा मृत्यू संस्कार गर्ने सुबिधा भएका सार्वजनीक गुम्बाहरूमा राखी दिन् रात पुजा गरिन्छ । शेर्पा समाजमा कसैको मृत्यू भएमा मृतकको नाताहरू धुप, र छोव (प्रसाद) लिएर जाने प्रचलन छ । लास संस्कार गरिने दिन पनि सबै नाता कुटुम्ब तथा मित्रहरू जम्मा भै दाह संस्कारको लागी जानु पर्दछ । लासलाई संस्कार गर्न तोकिएको स्थानमा लगी धार्मिक विधिबिधान अनुसार पाठपुजा गरि जलाउने चलन छ । लासमा आगो लगाएपछी सबै मलामिहरूलाई पैसा दिइने चलन छ यसलाई “लक्पा रब्चे” भनिन्छ । मृत्यूपछी पनि आत्मा आफ्नो घर परिवारको वरिपरी नै घुमी रहन्छ भत्रे विश्वासमा दाहसंस्कार पछी मृतकको पुतला बनाई सो पुतलालाई बिहान बेलुकिको खाना दिने र मृत्यू पछी हुने कुराहरूको जानकारी दिन एक जना लामा पुरोहीत मृतकको घ्यवा नसकुनजेल सम्म सँगै राख्ने चलन छ । यस प्रकृयालाई शेर्पा भाषामा “तेन स्योम्बु” अथवा सातु पाल्नु भनिन्छ । यो सातु पाल्ने कार्य ३ देखी ७ हप्ता सम्म लाग्न सकिन्छ । मृत्यु भएको दिन देखी घ्यवा नसकुन्जेल सम्म प्रत्येक हप्ता अरु लामाहरू बोलाई पुजा गरिन्छ । यस पुजालाई “दिन्जीन” भनिन्छ । मृत्यु भएको ३ देखी ७ साता भित्र लामाहरू बोलाई पुजा गरी नातादारहरू, मित्रहरू बोलाई प्रसाद् बाँडेर घ्यवा सम्पत्र गरिन्छ । मृतकको सम्झनामा प्रत्येक बर्ष पुजा गर्ने चलन पनि छ । यसलाई “लोम्ज्यु” अथवा “गोङ्जो” भनिन्छ । शेर्पाहरूको मरण संस्कारमा अपनाईने कर्मकाण्डको बिबरण तल दिईएको छ ।
– फोवा ग्यकु,
यसको शाब्दिक अर्थ स्थानन्तरण गर्नु वा ठाँउ सार्नु हो । यो मृत्यूशैयामा रहेको व्यक्तिको सास जान लाग्दा लामा गुरुजनद्वारा आध्यात्मिक मन्त्र शक्तिबाट मरणासत्र व्यक्तिको आत्मा (नम्शिङ) लाई शिरको ब्रह्माण्डबाट छिराई सुगति र शुद्ध भुवनमा उद्धार गर्ने तान्त्रीक विधि हो । शेर्पाहरू यस विधिको शिक्षा लाई मरणासत्र अवस्थामा मात्र नभई जिवीत हुँदा पनि ग्रहण गर्दछन । कदम कदाचीत कुनै व्यक्तिको मृत्यु अचानक भएमा यथासम्भव चाँडो फोवा ग्यकु गर्ने व्यवस्था गरिन्छ ।
– थोटोल रोकु,
यसको शाब्दिक अर्थ हो श्रवण मुक्ति अथवा शुद्ध हुन । मृत्यूशैयामा रहेको मरणासत्र व्यक्तिलाई एकजना लामाले थोटोल पाठ गरी सुनाईन्छ । यस थोटोल पाठमा व्यक्तिको मृत्यूभएको दिन देखि ४९ दिन (स्यग शिब्च्यु श्येगु) सम्मको बिचमा मृतकलाई हुने बिभीत्र डर त्रासको अनुभूति र त्यसको निबारणको ऊपायहरू बारे बताईएको हुन्छ । यसरी ७ हप्ता सम्म थोटोल बाचन गरेमा जस्तै महापापी पनि शुद्ध भई मुक्त हुन्छ भनिएको छ ।
– ठुसोल खिरु,
यसको शाब्दिक अर्थ सुद्ध पार्नु हो। व्यक्तिको शरीरबाट प्राण निसकेर गएपछि मृत शरीरलाई धोएर सफापार्ने, लामा गुरुजन बाट अभिसिन्चीत शुद्ध जल ले सिन्चीत गरि शुद्ध पारीन्छ ।
– रो गोङगु,
ठुसोलको विधि सम्पत्र भएपछी लासलाई सेतो कपडाले बेह्री ध्यान गरेजस्तै गरि राख्ने विधिलाई रो जोङगु (मुर्दा पोको पार्नु) र मुर्दालाई डल्लो पार्ने विधिलाई फुङबो गोङगु भनिन्छ ।
– सेम्सो खिरु,
यसको शाब्दिक अर्थ सान्त्वना दिनु हो । मृत्युको कारणबाट घर परिवारमा परेको दुखमा सहभागी हुन मृतकका आफन्तहरू बत्तीबालने घ्यु, पर्सादको लागी फलफुल, र पैसा राखी सान्त्वना प्रगट गर्छन ।
– केम्क्षाङ गेङगु,
मृतकको लास वा लासको बदलामा बनाईएको पुतला (तेन) को अगाडी आफन्तहरू र छरछिमेकी हरूले पेयपदार्थ तथा फलफुलहरू राखी सम्मान दिने चलन लाई केम्क्षाङ गेङगु भनिन्छ ।
– लम्तेन लामा,
मृतकको दाह संस्कारको लागी लाने समयमा बाटो देखाउनलाई एक जना लामाले लामो खाता वा कपडाको एक छेउ लामाले र अर्को छेउ मलामीले समाती लामाले नडोराएर लाने गर्दछ । यसरी बाटो देखाउने लामालाई लम्तेन लामा (बाटो देखाउने लामा) भन्दछन ।
– च्यब्तर लोङगु,
मृतकको दाह संस्कारको लागी लाने समयमा पञ्चरङगी ध्वजाहरू निलो, सेतो, हरियो, रातो र पहेंलो रङको पन्च रंगी बुद्धको प्रतिकको रुपमा मलामीको अघिअघि लामबद्ध भई जाने प्रचलन लाई च्यब्तर लोङगु भनिन्छ ।
– दीन्जीन तोङगु,
मृतकको आत्माको चीर शान्ति र पापमोचनको निमीत्त मृतकको परिवारले मृत्यु भएको दिन देखी प्रत्येक सात सात दिनमा घ्यवा नहुन्जेल सम्म गरिने पुजालाई दीन्जीन तोङगु, भनिन्छ ।
– न्याँपोर
मृतकको आत्मालाई यस दुखमय लोकमा नबस, बुद्धको सुखमय लोकमा जानु भनि तान्त्रीक विधिबाट घ्यवा नसकुन्जेल प्रत्येक सात सात दिनमा गरिने अनुष्ठानलाई न्याँपोर भन्दछ ।
– झिन्सक लुकु,
मृतदेहको दाहसंस्कारको लागी आगो लगाएपछी मृतकको पाप शोधनको लागी लामा हरूबाट गरिने सामुहीक यज्ञलाई “झिन्सक लुकु” भन्दछन ।
– लग्प रब्छे,
चिहानमा लासको दाहसंस्कार गरिसके पछी मलामीहरू सबैलाई दक्षिणा स्वरुप केही रकम बितरण गरिने चलन छ । यसलाई “लग्प रब्छे” भन्दछन ।
– थुटी सुम्पु,
घाटमा लास जलाई सके पछी त्यहाँ रहन गएको अस्तुहरू र हाडका टुव्रmाहरू र खरानीहरू जम्मा गरि खोलामा बिसर्जन गर्ने विधिलाई थुटी सुम्पु भनिन्छ ।

– पुर्खाङ ग्यकु,
मुर्दा जलाएको व्यक्तिगत घाटहरूमा चैत्य बनाई मृतकको अस्तु, सामानहरू राख्ने परिपाटीलाई पुर्खाङ ग्यकु भनिन्छ ।
– छपर ग्यकु,
मृतकको अस्तु धातुलाई धुलो पारेर सफा र सुद्ध माटोमा मिसाई लेदो बनाई ससाना स्तुपा भएको ब्लकमा राखी निकालेको चैत्यलाई लामा बाट प्राणप्रतिष्ठा (रब्ने) गरि अग्लो, सफा र गुम्बाहरूको आसपासमा राखिने परम्परालाई छपर ग्यकु भनिन्छ ।
– क्येल्हा श्येङगु,
मृतकले जन्मलिने संसारको स्थापना गर्नलाई ज्योतिष शास्त्रको आधारमा मृतकको नाम बाट बिभीत्र मुर्ति वा थङका बनाई लामाबाट प्राण प्रतिषठा गराई राखेमा मृतकले सुगतिमा जन्म लिने बिश्वाश गरिन्छ । यस प्रकृयालाई क्येल्हा श्येङगु भनिन्छ ।
– घ्येवा (क्षङ्गा)
मृत्यु भएको ४९ दिन भित्र आफ्नो गच्छे अनुसार लामाहरू बोलाई पाठपुजा गराई दान दक्षिणा अर्पण गर्ने र आफ्नो नातेदारहरू, छरछिमेकीहरू र ईष्टमित्रहरूलाई आमन्त्रण गरि खाना खुवाई प्रसादहरू बाँडेर मृतकको नाममा गरिने पुजा सम्पत्र गरिन्छ । यस अनुष्ठानलाई घ्येवा (क्षङ्गा) भनिन्छ ।
– लोम्ज्यु,
व्यक्ति देहबसान भएको दिनको बर्षदिनमा त्यसव्यक्तिको स्मरणमा गरिने बार्षीक पुजालाई लोम्ज्यु भनिन्छ ।

हिमालयन शेर्पा संस्कृतिक केन्द्रको स्मारीका बाट